Neetesh Jung Kunwar - Meri Ama paroles de chanson

paroles de chanson Meri Ama - Neetesh Jung Kunwar




एक्लो छु म, घरदेखि निकै टाढा आको छु
थाकेको मन, बिसन्चो शरीर अलि झस्किएको
केहि दिन भयो, सपनी अलि राम्रो देखेको छैन
आराम छौ? धेरै याद आइरहेको
आजै किन शुन्यता यो कोलाहलमा
दुई क्षण भएनी हेर्नु पाए हुन्थ्यो मुहार तिम्रो
मेरी आमा, संघर्ष अझै गर्नेछु यहाँ
तिमी यसरी नै सधैँ मलाई सम्झाइराख्नु है
बुझाइराख्नु है
सुखी छु, तर भन्नु पर्दा खुसी छैन
ठुलो घर, यहाँ आफ्नो भन्ने कोही रहेन
भन्छन् सबै, परिकथा जस्तो हुन्न जीवन
मर्छु बरु, झुटो आँसु मलाई रुनु छैन
मेरी आमा, नमरी बाँचे भने फर्कने छु
सबै दु:ख मेटिने गरि मलाई काख लिनु है
अंगाली दिनु है
याद आएमा सम्झनु है
महसुस अवश्य हुनेछ यहाँ मलाई
सजिने घर एकदिन, हाम्रो पनि
तिम्रो भगवानलाई पुकार्नु है





Attention! N'hésitez pas à laisser des commentaires.