Aruna Lama - Phoollai Sodhen текст песни

Текст песни Phoollai Sodhen - Aruna Lama




फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा?
फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा?
लजाएर फूलले भन्यो, कहाँ गयो, कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले, बैगुनीले
वनलाई सोधेँ कहाँ भाग्यो बादल?
वनलाई सोधेँ कहाँ भाग्यो बादल?
सुसाएर वनले भन्यो कहाँ गयो, कता लाग्यो
मेरो तन रुझाएर पानीले, बेइमानीले
मेरो मन चोरीलग्यो त्यसैले, बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा?
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा?
समाएर उसले भन्यो कहाँ गयो, कता लाग्यो
मेरो मन चोरीलग्यो त्यसैले, बैगुनीले
खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो, उमेर गयो, खोजी हिँड्नुपर्दा
भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तीतिर भनि
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा, कसलाई होला बुझ्नै सकिन मैले
बित्यो युग यहाँ पर्खेको, अझै छैन फर्केको
फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा?
फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा?
लजाएर फूलले भन्यो, कहाँ गयो, कता लाग्यो
मेरो मन चोरीलग्यो त्यसैले, बैगुनीले



Авторы: Karma Yonjan, Norden Rumba


Внимание! Не стесняйтесь оставлять отзывы.