Aruna Lama - Chautarima текст песни

Текст песни Chautarima - Aruna Lama




चौतारीमा बसेर रुन पाउँ
मनको पिर आँसुले धुन पाउँ
गौँथलीको के घर, के गाउँ
दुखियाको के थर, के नाउँ
पीपलले पालुवा फेर्यो, पुरानो भो वर
कर्मले ठगेपछी बिरानो भो घर
पीपलले पालुवा फेर्यो, पुरानो भो वर
कर्मले ठगेपछी बिरानो भो घर
दिनदशा वरवर हो
दिनदशा वरवर, संगीसाथी पर
न्याउलीको भाका सुन्ने कल्लाई खाँचो
चौतारीमा
बाँचु कति दोधारको यस्तै जिन्दगानी
मनभरी आगो लिई, आँखाभरी पानी
बाँचु कति दोधारको यस्तै जिन्दगानी
मनभरी आगो लिई, आँखाभरी पानी
पराईले मन भाँचे हो
पराईले मन भाँचे, आफन्तले जोड्ने
आफन्त नै वैरी परे, कल्लाई गुहार भन्ने
चौतारीमा बसेर रुन पाउँ
मनको पिर आँसुले धुन पाउँ
गौँथलीको के घर के गाउँ
दुखियाको के थर, के नाउँ



Авторы: Gopal Yonjon


Внимание! Не стесняйтесь оставлять отзывы.