Balen - Jay Mahakali текст песни

Текст песни Jay Mahakali - Balen




जय महाकाली
जय महाकाली
जय महाकाली
आयो गोर्खाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
मुटु भरी आट मेरो रातो रगत उमाली
दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली
ल्याउछु शिर थापेर नेपाल आमा पुकारी
नबस्नु है रंगाउछु तिमिलाइ श्रृंगारी
यो पाली चाहिँ घर घरमा हासो खुसी फुट्नेछ
हरियो वनको काठ मेरो जस्तो आएनी चुट्नेछ
नफुलोस यो सास मेरो चितुवा झै कुद्नेछ
विरुवा झै फुल्नेछ यो वसन्त को पालुवा
यो पालो मा काल टीका महाकाली को आशिर्वाद
पारस मणी चम्किनेछ देउ केवल हातमा हात
नेपाल आमा जनता हामि सबैको आत्मसात
देखेर गोर्खाली दुश्मन लाई पर्नेछ हृदयघात
पुग्नेछौ शिखर मा जुक्ती हाली सबलाइ दिदै मात
नौ दुई मिलेर बिदेशी माटो चिरेर
भिरेर काधमा माया आउनेछ सान लिएर
ज्यान दिएर भिड्नेछ यसपाली क्रान्ति हेर
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
तराइ जस्तो छाती मेरो पहाड शिर टाकुरा
सगरमाथा झै चिसो निधार बलियो यो पाखुरा
जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकुम्ला
हिड्छु, दौडिन्छु रोक्नेको घाँटी न्याकुम्ला
भिड्छु, छोड्दिन थेग्नलाइ यो ज्यान व्याकुल
चिनिन्छु हजारौ मा जित विश्व एक ठाउ राखुला
चिर्दिन्छु जस्तो नि जाल, बाल सबै माकुरा
आगो बनी पोल्नेछु चिसो पनि बरफ झै
बिश्व झुकी बोल्नेछ हेर नेपाल रैछ फरक नै
अरुभन्दा अनुपम मेरो चाल ढाल पनि
नआइज मेरो सामु खोक्रो खोली को खाल बनी
भुइचालो झै गर्जिनेछु ४६ को साल बनी
असारे बनी बर्सिन्छु बाढी ल्याउने काल बनी
मौका मा चौका, छक्का पनि बबाल नि
एकताको बल मेरो राष्ट्रिय दण्ड
अखण्ड नेपाली यसपालि ईतिहास बन्दैछ
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
बिश्व मा झण्डा फर्फराउने एकदिन
जय नेपाल



Авторы: Balendra Shah



Внимание! Не стесняйтесь оставлять отзывы.