Balen - Sadak Baak текст песни

Текст песни Sadak Baak - Balen




सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
यो संसार निर्मम पापी स्वार्थी
गरिबको हेलना, धनिको आरती
एक्लो विचलित हिडिरहेछु बाटोमा
ज्यान थापी हत्केला मा पिछाको साटोमा
आज यो चोक, भोलि त्यो चोक
सामान होइन मलाई पनि लाग्छ भोक
खै मेरि आमा, खै मेरा बाबा
छाड्यौ मलाइ किन कसले हेरिदिने अब?
सरकारी कर्मचारी, विदेशी व्यापारी
भाषण दिएर हैन हेरिदेउ माया गरि
हास्न नपाए पनि खुसी रहोस सर्वोपरी
मौलिक अधिकार हो हक होस मेरो पनि
सडक को यो पेटी, यो मेरो ओछ्यान
साह्रै सस्तो मेरो दुई पैसे ज्यान
बिना आमा बुबाको मेरो हालत
चोर को राजा, हु सडक बालक
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
दिन ढल्दै जान्छ, रात पनि आउँछ
सुनौलो बिहानी जीवन मा कहिले छाउछ
हरेक पाइला अघि बढदा मृत्यु नजिक
भेटेर आफु छैन कत्ती पनि लज्जित
फाल्या चिज तर सजिव बस्ने ठाउँ
भिखारी लाई नि लुट्न खोज्ने ठुला साहु
आउन खाउ आइएनजिओ को डलर
दाम कमाउ समाउदिन तिम्रो कलर
हैन मेरो रहर राती राती डुल्न
विष जस्तो नशा थुक्क पीडा भुल्न
चाहन्छु नि फुल्न फुल जस्तै फक्रेर
धेरै चोटि उठिसके धेरै पल्ट भत्केर
लेखपढ गरेर मलाइ नि ठुलो बन्नुछ
एकदिन हामिलाइ कसैले मान्छे गनोस
तर इच्छा भनेको इच्छा पुरा नहुने सपना
सडक बालक को जीवन गर्न सक्छौ के कल्पना?
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु
सडक मा छु, फरक देखिन्छु
त्यो उज्यालो नपाइ अँध्यारो मै छु



Авторы: Balendra Shah



Внимание! Не стесняйтесь оставлять отзывы.