Suresh Kumar - Kasari Aaja текст песни

Текст песни Kasari Aaja - Suresh Kumar




हे-हे-हे-हे-हे, हे-हे
ला-ला-ला-ला-ला, ला-ला
हो-हो-हो, हो-हो-हो, hm-hm
कसरी आज मुटु तोडिएछ मेरो
फेरि जोड्नै नसकिने गरी?
मलहम बन्ने हातहरू पाइरहेछु
आँट दिऊँ मुटुलाई के गरी?
आँट दिऊँ मुटुलाई के गरी?
सहानुभूतिका दुई शब्द सुन्दा
माया फेरि गाँस्न मन लाग्छ
तर पहिलो सम्बन्धले रुवाएको सोच्दा
अनायासै रहर दबाउनपर्छ
मलहम बन्ने हातहरू पाइरहेछु
आँट दिऊँ मुटुलाई के गरी?
आँट दिऊँ मुटुलाई के गरी?
फुट्छ ज्वालामुखी छातीभित्रै देखि
नमेटिएका अनेक प्यास बोकी
के जानूँ फेरि पनि मेरो भाग्यमा
आँसु नै मात्र पो पर्ने हो कि?
मलहम बन्ने हातहरू पाइरहेछु
आँट दिऊँ मुटुलाई के गरी?
आँट दिऊँ मुटुलाई के गरी?
कसरी आज मुटु तोडिएछ मेरो?



Авторы: Suresh Kumar



Внимание! Не стесняйтесь оставлять отзывы.
//}