Aruna Lama - Himal Sari Lyrics

Lyrics Himal Sari - Aruna Lama




हिमाल सरि अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमाल सरि अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल, मलाई
यि तारा कति छन् गन्न सकुँला
यि तारा कति छन् गन्न सकुँला
तर तिम्रो माया कति नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ
जहाँ बरले पिपल अङ्गालेर बस्छ
तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि रंगिरहेछु
उचाल, उचाल, उचाल मलाई
बादल सरि पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
खोली बनेर सुस्तरी आँउला
खोली बनेर सुस्तरी आँउला
तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
तिम्रो सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि फैलिरहेछु
अंगाल, अंगाल, अंगाल मलाई
बादल सरि पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
हिमाल सरि अग्लि रहेछु
समात, समात, समात मलाई
बादल सरि पग्लि रहेछु
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई
सम्हाल, सम्हाल, सम्हाल मलाई



Writer(s): Gopal Yonjon


Attention! Feel free to leave feedback.