Aruna Lama - Ma Aankhaima Lyrics

Lyrics Ma Aankhaima - Aruna Lama




आँखैमा राखिने योग्य कहाँ छु
मलाई सम्झि टिठ्याउने योग्य कहाँ छु
भुल हुँ, सुधारिने योग्य कहाँ छु
आँखैमा राखिने योग्य कहाँ छु
कुनै दिन जब सबैलाई रिझाएँ
त्यहि किन आज सबलाई बिझाएँ
मान्छे हुँ, मान्छेलाई माया चाहिन्छ
मेरो जिवनलाई पनि साथि चाहिन्छ
तर साथि बन्ने योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
भुल हुँ, सुधारिने योग्य कहाँ छु
आँखैमा राखिने योग्य कहाँ छु
उदास मेरो मुहारमा मुस्कान जचेन
ऐनामा हाँस्दा आफैँलाई चिनिन
दुखको उदाहरण मेरै जिवन होइन
खुसिमा के मेरो अधिकार नै छैन?
यि प्रश्न उठाउने योग्य कहाँ छु
कसैको माया पाउने योग्य कहाँ छु
भुल हुँ, सुधारिने योग्य कहाँ छु
आँखैमा राखिने योग्य कहाँ छु



Writer(s): Saran Pradhan


Attention! Feel free to leave feedback.