Om Bikram Bista - Dhumil Dhumil Lyrics

Lyrics Dhumil Dhumil - Om Bikram Bista




धूमिल, धूमिल आशाहरूमा
तिम्रै यादको दीप जलाऊँ कि? दीप जलाऊँ कि?
स्वप्निल, स्वप्निल रहरहरूमा
तिम्रो गीतको भाव जगाऊँ कि? जगाऊँ कि?
धूमिल, धूमिल, स्वप्निल, स्वप्निल
मदिर, मदिर जपनाहरूमा
तिम्रो ओठको गीत बनूँ कि?
निश्चल, निश्चल सपनाहरूमा
तिम्रो प्रीतको रात सुहाऊँ कि?
मदिर, मदिर जपनाहरूमा
तिम्रो ओठको गीत बनूँ कि?
निश्चल, निश्चल सपनाहरूमा
तिम्रो प्रीतको रात सुहाऊँ कि?
समतल, समतल भावहरूमा
समतल, समतल भावहरूमा
तिम्रो चाहना भइदिऊँ कि?
धूमिल, धूमिल, स्वप्निल, स्वप्निल
सरण, सरण छन्दहरूमा
तिम्रो चाहलाई बगाइरहूँ कि?
यस्तै मीठा भावहरूमा
तिम्रै कामना भइरहूँ कि?
सरण, सरण छन्दहरूमा
तिम्रो चाहलाई बगाइरहूँ कि?
यस्तै मीठा भावहरूमा
तिम्रै कामना भइरहूँ कि?
सुन्दर, सुन्दर गीतहरूमा
सुन्दर, सुन्दर गीतहरूमा
प्रतीक तिम्रै बनिदिऊँ कि?
धूमिल, धूमिल आशाहरूमा
तिम्रै यादको दीप जलाऊँ कि? दीप जलाऊँ कि?
स्वप्निल, स्वप्निल रहरहरूमा
तिम्रो गीतको भाव जगाऊँ कि? जगाऊँ कि?
धूमिल, धूमिल, स्वप्निल, स्वप्निल
धूमिल, धूमिल, स्वप्निल, स्वप्निल



Writer(s): Om Bikram Bista



Attention! Feel free to leave feedback.