Om Bikram Bista - Aankhama Pyass Lyrics

Lyrics Aankhama Pyass - Om Bikram Bista




आँखामा प्यास बोकेर मलाई नहेर, मायालु
कहीँ तिम्रै भूलहरूले तिमीलाई भुलाइनदिओस्
आँखामा प्यास बोकेर मलाई नहेर, मायालु
कहीँ तिम्रै भूलहरूले तिमीलाई भुलाइनदिओस्
तिमीलाई थाहै होला ख्यालैख्यालमा मुड मुडिन्छ
होश नराखी हिँड्नेहरू खाल्डोमा पर्न सक्छन्
त्यसैले भन्छु तिमीलाई मदहोश भई नहिँड्नू
मानिसका हर स्वप्नहरू दुःस्वप्न बन्न सक्छन्
Hmm, हा-हा, हा-हा
आँखामा प्यास बोकेर मलाई नहेर, मायालु
कहीँ तिम्रै भूलहरूले तिमीलाई भुलाइनदिओस्
नजरको एकै हेराइमा सबै भाउहरू को लिन्छन्?
आँखामा आँखा जुध्दा बेहोशी बनी टोलिन्छन्
त्यही मोडमा होश राख्नू, सोच्ने बेला यही हो
यी रहर बोकी हिँड्ने छाती आफैलाई बोझा बन्दा
हो-हो-हो, हा-हा, हा-हा
आँखामा प्यास बोकेर मलाई नहेर, मायालु
कहीँ तिम्रै भूलहरूले तिमीलाई भुलाइनदिओस्
आँखामा प्यास बोकेर मलाई नहेर, मायालु
कहीँ तिम्रै भूलहरूले तिमीलाई भुलाइनदिओस्
भुलाइनदिओस्
भुलाइनदिओस्



Writer(s): Om Bikram Bista



Attention! Feel free to leave feedback.