Om Bikram Bista - Mero Khusiko Lyrics

Lyrics Mero Khusiko - Om Bikram Bista




मेरो खुसीको मुहान तिमी
मेरो सुखको बिहान तिमी
मेरो आँखामा आइदेऊ
मेरो आँखामा आइदेऊ
मेरो भाकामा गाइदेऊ
मेरो खुसीको मुहान तिमी
लालीगुराँस, चमेलीहरू
फूलमाथिका तरेलीहरू
लालीगुराँस, चमेलीहरू
फूलमाथिका तरेलीहरू
साँझ पखका गोधूलिहरू
जूनमाथिका परेलीहरू (ला, ला)
सबैसबै नै दिइदिन्छु
सबैसबै नै दिइदिन्छु
मेरो आशाको रानीलाई
मेरो खुसीको मुहान तिमी
सारा जीवनका इच्छाहरू
मीठा मिलनका सङ्गतिहरू
सारा जीवनका इच्छाहरू
मीठा मिलनका सङ्गतिहरू
तन जगाउने बिपनीहरू
मन रमाउने सपनीहरू (ला, ला)
सबैसबै नै दिइदिन्छु
सबैसबै नै दिइदिन्छु
मेरो मायाको खानीलाई
मेरो खुसीको मुहान तिमी
मेरो सुखको बिहान तिमी
मेरो आँखामा आइदेऊ
मेरो भाकामा गाइदेऊ
मेरो खुसीको मुहान तिमी



Writer(s): Om Bikram Bista



Attention! Feel free to leave feedback.