Om Bikram Bista - Futeko Bhagya (original) paroles de chanson

paroles de chanson Futeko Bhagya (original) - Om Bikram Bista




फुटेको भाग्य जोड्ने केही उपाय देऊ मलाई
केही उपाय देऊ मलाई
चोटहरू सहने बानी बसिसक्यो
कुनै अरू नै सजाय देऊ मलाई
सजाय अरू देऊ मलाई
अनगिन्ती तिम्रा प्रहारहरूले
अनगिन्ती तिम्रा प्रहारहरूले
अचानो बनिसकेको छु
तिरस्कारका ती छिटाहरूमा रङ्गिन मैले जानिसकेको छु
मैले यहाँ जानिसकेको छु
आँखा भएर अन्धो सरि
आँखा भएर अन्धो सरि
तिम्रै नियममा चलिसकेको छु
जलाऊ मलाई, चाहे फ्याँकिदेऊ, निर्जीव आफूलाई मानिसकेको छु
मैले यहाँ मानिसकेको छु
फुटेको भाग्य जोड्ने केही उपाय देऊ मलाई
केही उपाय देऊ मलाई
चोटहरू सहने बानी बसिसक्यो
कुनै अरू नै सजाय देऊ मलाई
सजाय अरू देऊ मलाई
सजाय अरू देऊ मलाई



Writer(s): Narendra Bhatta, Om Bikram Bista


Attention! N'hésitez pas à laisser des commentaires.