Om Bikram Bista - Ma Samjhanthe paroles de chanson

paroles de chanson Ma Samjhanthe - Om Bikram Bista



सम्झन्थेँ, मलाई मात्रै हो कि प्रीति बिझाएको
तिम्रै पनि उही कथा, व्यथा आखिर, उस्तै सुन्छु
तितामीठा सारासारा कुराहरू भुल्न मेरी मायालु
साह्रो रैछ प्रीति कथा, हो, भुल्न मेरी मायालु
मेरो लागि तिम्रो दिलमा दिल अड्ने जग्गै, जग्गै भएन
तिम्रो लागि मूर्ति बनेँ, सास फेर्ने मानिस, मानिसै होइन
ढिला भई गो फेरि तिम्रो छेउमा, अब के बस्नु भन्दा
भलो सम्झी वेगै मारेँ, के भूल यसमा भन है, भन, मायालु
साह्रो रैछ प्रीति कथा, हो, भुल्न मेरी मायालु
मैले पनि तिमीलाई उस्तै सम्झी माया, माया गरेथेँ
तिम्रा लागि कति बाधा, कति अड्चन पर, पर सारेथेँ
मेरो पनि मुटु नै हो, बिछोडिँदा दुख्ने नै भो
शीतल खोज्दै डुली हिँडेँ, के भूल मेरो भन है, भन, मायालु
साह्रो रैछ प्रीति कथा, हो, भुल्न मेरी मायालु
भुल्न मेरी मायालु
भुल्न मेरी मायालु



Writer(s): Krishna Sitaula, Prakash Gurung


Om Bikram Bista - The Best of Om Bikram Bista
Album The Best of Om Bikram Bista
date de sortie
29-10-1989



Attention! N'hésitez pas à laisser des commentaires.