Meera Rana feat. Deep Shrestha - Chhuttai Nai Kothiko текст песни

Текст песни Chhuttai Nai Kothiko - Deep Shrestha , Meera Rana




छुट्टै नै कोठीको छुट्टै कोठा
छुट्टै नै कोठीको छुट्टै कोठा
कोठामा हौँ हामी दुई नै, हो, हो, हो
कोठामा हौँ हामी दुई नै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
छुट्टै नै कोठीको छुट्टै कोठा
एकान्तमै सोचौँ मिलेर
अघि अब के गर्नु है
एकान्तमै सोचौँ मिलेर
अघि अब के गर्नु है
प्यार कै खातिर ज्युनु है वा
प्यारकै खातिर मर्नु है
जागेकै आँखाले देखेको सपना
ओ, जागेकै आँखाले देखेको सपना
पूरा गरौँला हामी दुई नै, हो, हो, हो
पूरा गरौँला हामी दुई नै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
छुट्टै नै कोठीको छुट्टै कोठा
साँचिन्छ जब यो सपना है हाम्रो
फूल कोपिलाउँछ जीवनमा
साँचिन्छ जब यो सपना है हाम्रो
फूल कोपिलाउँछ जीवनमा
बित्नेछ जब यो साँझ-सबेर
तिम्रै बाहुको आँगनमा
कोही पनि मन्दिर होस्, कोही गोरेटा
ओ, कोही पनि मन्दिर होस्, कोही गोरेटा
मिली जानेछौँ हामी दुई नै, हो, हो, हो
मिली जानेछौँ हामी दुई नै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
छुट्टै नै कोठीको छुट्टै कोठा
छुट्टै नै कोठीको छुट्टै कोठा
कोठामा हौँ हामी दुई नै, हो, हो, हो
कोठामा हौँ हामी दुई नै
जिउँला है प्यारमै, मरिजाने प्यारमै
जिउँला है प्यारमै, मरिजाने प्यारमै





Внимание! Не стесняйтесь оставлять отзывы.