Om Bikram Bista - Maski Maski текст песни

Текст песни Maski Maski - Om Bikram Bista




मस्कीमस्की नहिँड, आँखा जुध्ला है
आँखा जुध्नु जुधेपछि माया बस्ला है
मस्कीमस्की नहिँड, आँखा जुध्ला है
आँखा जुध्नु जुधेपछि माया बस्ला है
चञ्चले त्यो हृदयलाई सम्हाली राख है
यौवन दुई दिनको घामछाया हो
प्रीति सोचेर गाँस्नु राम्रो हो, हो
हे, मस्कीमस्की नहिँड, हे, आँखा जुध्ला है
ए, आँखा जुध्नु जुधेपछि माया बस्ला है, yeah
रङ्गीचङ्गी-रङ्गीचङ्गी यौवनको फूलहरू
जता हेर्यो, उतै हुन्छन् है भूलहरू
हे, रङ्गीचङ्गी-रङ्गीचङ्गी यौवनको फूलहरू, ओहो
जता हेर्यो, उतै हुन्छन् है भूलहरू
मात्तेका यौवनहरू साँचेर राख बरु
मात्तेका यौवनहरू साँचेर राख बरु
प्रेम टुनामुना हो अनि कालो जादु हो
बेलैमा होश पुर्याउनू है, पछुताउली, हो
चञ्चले त्यो हृदयलाई सम्हाली राख है
यौवन दुई दिनको घामछाया हो
प्रीति सोचेर गाँस्नु राम्रो हो, हो
मस्कीमस्की नहिँड, आँखा जुध्ला है
आँखा जुध्नु जुधेपछि माया बस्ला है, yeah
झिलमिल-झिलमिल, जवानीमा सपनाहरू
तड्पीतड्पी बित्छन् है रातहरू
हे, झिलमिल-झिलमिल, जवानीमा सपनाहरू, हो-हो
तड्पीतड्पी बित्छन् है रातहरू
कर्के नजरले नहेर, घायल कसैलाई नपार
कर्के नजरले नहेर, घायल कसैलाई नपार
बैँसले मात्तिएर नहिँड, ठेस लाग्ला है
हे, आँखा जुध्नु जुधेपछि माया बस्ला है
चञ्चले त्यो हृदयलाई सम्हाली राख है
यौवन दुई दिनको घामछाया हो
प्रीति सोचेर गाँस्नु राम्रो हो, हो
मस्कीमस्की नहिँड, आँखा जुध्ला है
हे, आँखा जुध्नु जुधेपछि माया बस्ला है



Авторы: Kailash Bikram Bista



Внимание! Не стесняйтесь оставлять отзывы.