Om Bikram Bista - Uni Aaune текст песни

Текст песни Uni Aaune - Om Bikram Bista




उनी आउने बिहानीको मिरमिरेमा
खुसीको किरण पाउने गर्छु
कल्पीकल्पी उनीसँगै हराउने गर्छु
सुनौलो सपनाहरू आँखाभरि पाउने गर्छु
कहिले उनीलाई गाउने गर्छु
एकान्तमा गीत बनाई
कहिले उनीलाई गाउने गर्छु
एकान्तमा गीत बनाई
दङ्ग पर्छु कल्पनामा
उनीकै गीत उनीलाई सुनाई
मनमनै मन साटी रमाउने गर्छु
मिलनको आभासमा उनीसँग प्रीत लाउने गर्छु
कहिले उनीलाई सताउने गर्छु
सम्झनामा एक्लो पाई
कहिले उनीलाई सताउने गर्छु
सम्झनामा एक्लो पाई
उदास हुन्छु सम्झनामा
उनीसँगै उनलाई रुवाई
कसोगरी उनलाई फेरि हँसाउने गर्छु
सुनौलो सपनाहरू आँखाभरि पाउने गर्छु
उनी आउने बिहानीको मिरमिरेमा
खुसीको किरण पाउने गर्छु
कल्पीकल्पी उनीसँगै हराउने गर्छु
सुनौलो सपनाहरू आँखाभरि पाउने गर्छु
हे, हे, हे



Авторы: Bijay Siwakoti



Внимание! Не стесняйтесь оставлять отзывы.