Om Bikram Bista - Mero Yad Ajhai текст песни

Текст песни Mero Yad Ajhai - Om Bikram Bista




मेरो याद अझै आउँछ भने
एकान्तमा सधैँ सताउँछ भने
सम्झिदिनू, मायालु, व्यथा भनेर
बिर्सिदिनू विषालु कथा सम्झेर
मेरो याद अझै आउँछ भने
अतीतले मुटुमा कति रुवाउँदो हो?
आँसु बनी मनलाई कति रुझाउँदो हो?
दोष तिमीलाई दिन्न, तिमी मलाई नदिनू
बिछोड भो के भो? आफूलाई सम्हालनू
मेरो याद अझै आउँछ भने
गल्ती मेरो हो तिम्रै थियो
समयले हाम्रो मिलनलाई छेकिदियो
नठान्नू मैले मात्रै तिमीलाई बिर्सिदिएँ
रुवाएर तिमीलाई आफै हाँसिदिएँ
मेरो याद अझै आउँछ भने
एकान्तमा सधैँ सताउँछ भने
सम्झिदिनू, मायालु, व्यथा भनेर
बिर्सिदिनू विषालु कथा सम्झेर
मेरो याद अझै आउँछ भने
आउँछ भने
आउँछ भने
आउँछ भने



Авторы: Surendra Rana



Внимание! Не стесняйтесь оставлять отзывы.